काठमाडौँ । नयां सरकार गठनका बिषयमा ठोस सहमतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाएका छन् ।
बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बस्दै छ । आफ्नो नेतृत्वमा नयां सरकार गठनको पहल गर्ने पार्टीको केन्द्रीय समितिले निर्णय गरेको एक सातापछि सभापति देउवाले तीन दलको बैठक बोलाका हुन् । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ( जसपा ) का नेताहरु सहभागी हुने छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई
विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समीकरणमा निर्णायक शक्ति बनेको जसपा भने यतिबेला कुनै पक्षसँग खुलेको छैन ।जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन । यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।