एजेन्सी । युरोपा लिग फुटबलमा आर्सनल र स्लाभिया प्रगबीचको खेल बराबरीमा रोकिएको छ।
विहीबार राति भएको खेलमा आर्सनल स्लाभिया प्रग एक(एक गोलको बराबरीमा रोकिएका हुन्।
आर्सनलका लागि निकोलस पेपेले गोल गरे । त्यस्तै खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै गएराति नै भएका अन्य खेलमा भिल्लारियलले डाइनामो जाग्रेबलाई एक शून्यले हरायो। यस्तै अर्को खेलमा रोमाले अजाक्सलाई २–१ ले पराजित गर्यो।