शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकैदिन पुष्टि भए हाल सम्मकै धेरै कोरोना संक्रमित
भर्खरै

भारतमा एकैदिन पुष्टि भए हाल सम्मकै धेरै कोरोना संक्रमित

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021
Coronavirus on scientific background

एजेन्सी । दक्षिणी छिमेकी भारतमा पछिल्लो २४ घण्टामा कोरोना काल सुरु भए यताकै सबै भन्दा बढि कोरोना संक्रमित पुष्टि भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा एकै दिन १ लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।

यसअघि विहीबार मात्रै भारतमा अहिले सम्मकै धेरै १ लाख २६ हजार ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो थपिएको संख्यासँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३० लाख

७५ हजार ९ सय ५४ पुगेको छ भने
१ करोड १९ लाख १० हजार ७ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको कुल संख्या ९ लाख ७९ हजार ५ सय १९ छ रहेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । भारतमा संक्रमितको संख्या कीर्तिमानी रुपमा बढ्दा त्यसको जोखिम नेपालमा पनि बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय