शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
भर्खरै

भारतबाट फर्किनेमा कोरोना

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

 बाँकेमा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् । भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो ।

भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना देखिएको छ । नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कले मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट आएका नेपालीलाई विशेष निगरानी गर्ने गर्दछ ।

भारतबाट करिब १८ वटा शहरमा फेरि कोरोना संक्रमण देखिएको छ । ती शहरबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा विशेष निगरानी गर्ने गरिन्छ ।

खतीको सिजन शुरू हुन थालेकाले भारतमा मौसमी कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् । केही शहरबाट कोरोनाको डरले नेपाली घर फर्किएका छन् ।

नेपालीको ठूलो संख्या जाने कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कोरोनाको कहर नदेखिएको त्यहाँबाट फर्किएका नेपालीहरू बताउँछन् । नेपालगन्ज नाकाबाट यति बेला पाँच सय बढी नेपाली दैनिक घर फर्किरहेका छन् । यता, नेपालगन्जको भेरी अस्पतालमा दैनिकजसो नै कोरोनाका बिरामी देखिन थालेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय