नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् । न्यौपाने विपुल पोखरेल प्यानलका उम्मेदवार थिए ।
बुधबार भएको महासङ्घको २६औँ महाधिवेशनमा न्यौपानेले २६७ मत प्राप्त गरेका छन् । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी दिए ।
यस्तै, महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गरे । बुधबार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा एक मत खाली परेको बताइएको छ ।
उपाध्यक्षमा हरिकृष्ण गौतमले २९, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले ३०, सचिवमा सन्तोष गौतमले २९, कोषाध्यक्षमा अमित विश्वकर्माले ३०, सहसचिवमा प्रमोद शर्माले ३२०, समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले २९ मत प्राप्त गरी विजयी भएका हुन् ।
यसैगरी, खुल्ला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी बनेका छन् भने दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी बनेका मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले जानकारी दिए ।
केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभयो ।
यता महासङ्घ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी बनेका छन् भने महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् ।