शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माओवादी छोडेर एमाले बनेका चार मन्त्री अब सांसद् रहेनन्
भर्खरै

माओवादी छोडेर एमाले बनेका चार मन्त्री अब सांसद् रहेनन्

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

नेकपा (माओवादी केन्द्र)को कारवाहीमा परेका चार सांसदको पद रिक्त भएको सभामुख अग्निसापकोटाले जानकारी गराएका छन् ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय संघीय संसद सचिवालयमा बुझाइसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले सचिवालयलाई जानकारी गराएको सूचनालाई बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य नरहेमा पद रिक्त हुने व्यवस्था संविधानमा भएकोले यसरी सांसद पदबाट मुक्त भएपछि मन्त्री रहिरहन उनीहरुलाई प्रधानमन्त्रीले पुनः नियुक्ति

गर्नुपर्ने हुन्छ । पुनः नियुक्ति गरिए पनि ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक प्रावधान छ ।

ज्ञातव्य छ, नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका उल्लिखित नेताहरुलाई प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपल्लो तहको जिम्मेवारी दिएका छन् ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय