आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कटरिना संग चुम्बन गर्न गुलसन ले गरेका थिए दुई घण्टा अभ्यास
भर्खरै

कटरिना संग चुम्बन गर्न गुलसन ले गरेका थिए दुई घण्टा अभ्यास

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

मुम्बई । अभिनेत्री कटरीना कैफ बलिउडकी व्यस्त अभिनेत्री हुन् । उनले सलमान खानदेखि लिएर आमिर खान, शाहरुख खान र अक्षय कुमारसम्म अनस्क्रिन रोमान्स गरेकी छन् ।

सन् २००३ बाट बलिउडमा डेब्यू गरेकी कटरीना डेब्यू फिल्मबाटै विवाद र चर्चामा आइन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार डेब्यू फिल्म ‘बुम’मा बलिउडका ‘ब्याडमेन’का रुपमा परिचित गुलसन ग्रोवरसँग अन्तरंग दृश्य दिएपछि कटरीनाको चर्चा भएको थियो ।

यो फिल्ममा एक लामो चुम्बन दृश्य पनि थियो । गुलसनका अनुसार उनी यो दृश्य दिन आफैं तनावमा थिए र

कटरीनालाई चुम्बन गर्नकै लागि बन्द कोठामा दुई घण्टा अभ्यास गरेका थिए ।कैजाद गुस्तादले निर्देशन गरेको फिल्ममा कटरीनाले एक मोडलको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा अमिताभ बच्चन, ज्याकी श्राफ र जीनत अमानको पनि अभिनय थियो ।

तत्कालिन समयमा यो फिल्ममा राखिएको बोल्ड दृश्यका कारण फिल्मको निकै आलोचना भएको थियो । बक्सअफिसमा फिल्म फ्लप भए पनि गुलसन र कटरीनाको चुम्बन दृश्य चर्चित बनेको थियो । आजको दिनसम्म युट्युबमा यो चुम्बन दृश्यलाई करोडौं पटक हेरिएको छ ।

गुलसनलाई निर्देशकले जब दृश्यको कथावाचन गरे, त्यसपछि उनी नर्भस भएका थिए । यो दृश्यको फाइनल टेक भन्दा अघि उनले करिब दुई घण्टासम्म बन्द कोठामा अभ्यास गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय