आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना कहर– भारतीयलाई न्यूजिल्यान्ड प्रवेशमा अस्थायी रोक
भर्खरै

कोरोना कहर– भारतीयलाई न्यूजिल्यान्ड प्रवेशमा अस्थायी रोक

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

वेलिङटन । न्यूजिल्यान्डले भारतबाट आउने सबै यात्रीलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । न्यूजिल्यान्डले भारतमा कोरोना भाइरसको संक्रमण दर बढेपछि दुई हप्ताका लागि भारतबाट आउने यात्रुहरूलाई रोक लगाएको हो ।

बिहीबार न्यूजिल्यान्डको सीमामा भेटिएका २३ संक्रमितमध्ये १७ जना भारतीय रहेको पाइएपछि न्यूजिल्यान्ड सरकारले आक्रामक कदम चालेको हो । अप्रिल ११ देखि कार्यान्वयनमा आउने यो नियमअनुसार भारतबाट आउने सबै यात्रुहरूमा लागू हुनेछ । “हामी भारतीय यात्रीहरुका लागि न्यूजिल्यान्ड प्रवेशमा अस्थायी रोक लगाउँदै छौं,” प्रधानमन्त्री जसिन्दा आर्डनले पत्रकार सम्मेलनका क्रममा भनिन्

उनकाअनुसार विमानस्थलबाट प्रस्थान गर्नुपूर्व गरिने परीक्षणले अन्य देशबाट आउने संक्रमितको संख्या कम गर्न मद्दत गरे पनि भारतबाट आउनेहरूको सन्दर्भमा यस्तो नदेखिएकाले पछिल्लो कदम चाल्न सरकार बाध्य भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय