मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाको जोखिम बढेपछि केयूले सुरु गर्यो अनलाइन कक्षा
भर्खरै

कोरोनाको जोखिम बढेपछि केयूले सुरु गर्यो अनलाइन कक्षा

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।

बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ ।

विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ ।स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ ।

अध्ययन अध्यापन अनलाइनमार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय