शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
भर्खरै

धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

बिकास रौनियार,धादिङ । धादिङको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर–३ स्थित बैरेनीमा सवारी दुर्घटना हुँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्छी गाउँपालिका – ३ का ६५ वर्षिय बुद्धिबहादुर उपरकोटी रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ बा १९ च ३६०९ नम्बरको जीपले पैदल हिडिरहेका उपरकोटीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने गाडीको खोजी गरि चालकलाई कारवाहीको माग

गर्दै स्थानीयहरुले केही समय पृथ्वी राजमार्ग बन्द समेत गराएका थिए । ठक्कर दिने गाडी र गाड़ी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक युवराज खड़काले जानकारी दिनु भयो ।

यस्तै बुधबार धादिङको खनियावास गाउँपालिका– २ डुन्डुरेमा तुफान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउसो करिब १ बजेको समयमा धादिङबेशीबाट रुविभ्यालीतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको बोलेरो अनियन्त्रि भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका – ५ लापा घर भएका १४ वर्षिय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय