बेलायतको लण्डनमा म्यानमारका राजदूतले आफूलाई आफ्नो दूतावास प्रवेश गर्न नदिएको बताएका छन् । राजदूतावासका कर्मचारीहरुलाई भवन छाड्न भनिएको र आफू बेलायतका लागि म्यानमारको प्रतिनिधि नभएको बताइएको राजदूत क्याउ ज्वर मिनले बताए । उनलाई देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई दूतावास बाहिरै बन्द गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मिनले म्यानमारमा सैन्य नजरबन्दमा रहेकी नेतृ आङ् साङ् सु कीको रिहाइको माग गर्दै आइरहेका छन् । मध्य लण्डनमा भएको यस प्रकारको घटना एक प्रकारको
कू भएको बताउँदै मान्यत नहुने उनले बताए । म्यानमारमा सेनाले गएको फेब्रुअरी एक तारिखमा कू गरेको थियो । शीर्ष नेतालाई नजरबन्दमा राखिएको सैन्य कू विरुद्ध अझै विरोध प्रदर्शन भइरहेकोा छन् । म्यानमारमा भइरहेको प्रदर्शनमा अहिलेसम्म पाँच सय ८० जनाको मृत्यु भैसकेको छ । त्यहाँ हिजो एकै दिन १३ जनाको मृत्यु भएको थियो ।