शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वायु प्रदूषणसँगै बढे आँखाका बिरामी
भर्खरै

वायु प्रदूषणसँगै बढे आँखाका बिरामी

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

वायु प्रदूषणको जोखिम बढेपछि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापक रुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठको भनाइ छ ।

अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा

उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशासक श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म टोकन दिने गरेको र त्यही समयदेखि उपचार शुरु गर्ने गरेको छ ।

आँखाको सामान्य जाँचपश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको जानकारी दिँदै श्रेष्ठले आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य बीमाका सदस्य रहेको बताए । बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एक पटकका लागि एक हजार उपलब्ध हुने गरेको छ ।

त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।

वायु प्रदूषण र धुवाँधुला कारण हेटौँडा अस्पतालमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय