शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फेरी बलात्कारपछि हत्याको आशंका, नेविसंघको विरोध प्रर्दशन
भर्खरै

फेरी बलात्कारपछि हत्याको आशंका, नेविसंघको विरोध प्रर्दशन

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

काठमाडौँ । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी मुगुकी लक्ष्मी चौलागाईको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघले बुधवार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । लक्ष्मीको मृत्युको कारण र न्यायको माग गर्दै नेविसंघले माइतीघरमा विरोध प्रर्दशन गरेको हो । लक्ष्मीको हत्यारालाई खोजी गरी दोषीलाई फाँसीको सजाय दिनु पर्ने र उनको परिवारलाई उचित क्षतिपुर्ति सहित न्याय दिन नेविसंघले माग गरेको छ ।
साथै देशमा बलात्कार र हत्याका घटनाहरु बढिरहेको भन्दै बलात्कार र हत्याका घटनाका दोषीलाई संविधानमै व्यवस्था गरेर मृत्युदण्डको सजाय हुने व्यवस्था

गर्नुपर्ने नेविसंघको माग छ ।
कार्यक्रममा सहभागीले हत्या हिंसा बलात्कार, कम्युनिष्ट सरकारको चमत्कार जस्ता नारा लगाएर सरकार विरुद्ध आक्रोश पोखेका थिए ।
मृतक लक्ष्मी नेविसंघ मुगु का सभापति धर्मराज शाहीकी बहिनी हुन् ।
साथै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाव दिन पीडित परिवार र नेविसंघले मानवअधिकार आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।


मुगु जिल्लाको उत्तरी सोरुगाउँपालिका–९ की ९ वर्षीया लक्ष्मी हराएको तीन दिनपछि मंगलबार मृत अवस्थामा फेला परेकी थिइन्। सोरु गाँउपालिका–९ स्थायी ठेगाना भएपनि चौलागाईंको घरपरिवार केही समयदेखि सोही गाँउपालिका–८ तारापानीमा बस्दै आएका र बेपत्ता लक्ष्मी सोही ठेगानाबाट हराएकी उनको परिवारले प्रहरीलाई जानकारी दिएको थियो। गत शनिबारदेखि नै प्रहरी र स्थानीयले खोजतलास गर्दा कतै फेला नपरेकी बालिकालाई घरदेखि ५ सय मिटर टाढा माछा मार्न गएका स्थानीयले मुगु कर्णालीको घाट भन्ने स्थानमा मृत अवस्थामा फेला पारेका थिए।कर्णाली नदीको बीच भागको ढुङ्गामा अड्किएको अवस्थामा बालिकाको शव फेला पारेको ती स्थानीय बताउँछन्। शव भेटिएको स्थानभन्दा केही मिटरमाथि एउटा आधा खाएको र अर्को सिंगो प्याकेट चाउचाउ समेत भेटिएको थियो। उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गरी घरबाट टाढा लगेर बलात्कार गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने स्थानीय धर्मराज शाहीले बताएका छन्।

नेविसंघ आर.आर.का इकाई अध्यक्ष पुष्कर बास्तोलाले देशमा एकपछि अर्को गर्दै श्रृंखलाबद्ध रूपमा बलात्कारका घटना बढिरहेको भन्दै यसप्रति सरकारले अझै लाचारी देखाउनु लज्जास्पद हुने बताएका छन्। अध्यक्ष बास्तोलाले भने, ‘जबसम्म देशमा दण्डहीनता कायम रहन्छ तबसम्म यस्ता घटना घटिरहने छ। लक्ष्मी चौलागाईका दोषीको पहिचान गरी चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याउन सरकारको ध्यान जाओस्।’

त्यस्तै, नेविसंघ आर.आरकै इकाई उपाध्यक्ष बाबुराम भट्टराईले भने, ‘बलात्कारजस्तो संवेदनशील घटनामा विभेदको वातावरण सिर्जना नगरौँ। सबै पीडित न्यायका लागि उत्तिकै हकदार छन्। लक्ष्मीको दोषी पत्ता लगाई कारबाही गर्न सरकारले छिट्टै कदम चाल्नुपर्छ। तरुण दल चन्द्रागिरि नगर प्रचार प्रसार विभाग प्रमुख तथा युवा सजगता अभियान चन्द्रागिरि नगर संयोजक अभिषेक श्रेष्ठले कार्यक्रममा उपस्थित भएर लक्ष्मीको न्यायका लागि एक्यबद्धता जनाएका थिए । लक्ष्मीले न्याय नपाउँदा सम्म आन्दोलन जारी रहने नेविसंघ केन्द्रीय सदस्य पुनम लामाले जानकारी दिए । पीडितले न्याय पाउनुपर्छ।’ कार्यक्रममा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताको समेत उपस्थित रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय