शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विद्यार्थी विरामी पर्न थालेपछि पाँच दिनलाई विद्यालय बन्द
भर्खरै

विद्यार्थी विरामी पर्न थालेपछि पाँच दिनलाई विद्यालय बन्द

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

भोजपुर । विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि भोजपुरको जौनागी आधारभूत विद्यालय पाँच दिनलाई बन्द गरिएको छ।

विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेपछि एक सामुदायिक विद्यालय बन्द गरिएको हो। टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको हो ।

विद्यार्थी र शिक्षकमा कडा ज्वरो आउने र ठेउला देखिएपछि स्वास्थ्य जोखिमलाई हेरेर ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् ।

संक्रमणबाट जोगिन विद्यालय बन्द गरिएको हो।ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले सुनाइन् ।

मौसम फेरबदल, दूषित हावापानी र सरसफाइमा ध्यान नदिँदा उक्त ज्वरो र ठेउलाको संक्रमण देखिएको स्वास्थ्य चौकी कोटका प्रमुख गणेश राईले बताए । सरुवा संक्रमण भएकाले संक्रमण फैलन नदिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय