शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा थपिए ३ सय ३९ जना कोरोना संक्रमित
भर्खरै

पछिल्लो २४ घण्टामा थपिए ३ सय ३९ जना कोरोना संक्रमित

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

४ हजार १ सय जनाको पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये पीसीआर परीक्षण गर्दा २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२

गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् ।

मन्त्रालयका अनुसार देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय