सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मै धेरै कोरोना संक्रमित पुष्टि
भर्खरै

भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मै धेरै कोरोना संक्रमित पुष्टि

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021
Coronavirus on scientific background

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ‍१ लाख १५ हजार २ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत सोमबार भारतमा दोस्रो धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १७ लाख ८९ हजार ७५९ जना

संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७७९ छ ।यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ६३१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय