आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • च्याम्पियन्स लिग : रियल र सिटीलाई अग्रता
भर्खरै

च्याम्पियन्स लिग : रियल र सिटीलाई अग्रता

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

रियल म्याड्रिड र म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगमा मंगलबार महत्त्वपूर्ण अग्रता लिएका छन् । रियलले लिभरपुललाई ३–१ ले हरायो ।

अल्फ्रेडो डि स्टाफानो मैदानमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियनरले दुई तथा मार्को एसनसियोले एक गोल गरे । लिभरपुलका तर्फबाट मोहम्मद सलाहले एक गोल फर्काए ।

अब रियलले एनफिल्डमा गएर खेल्नेछ ।

सिटीले भने आफ्नो घरमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई २–१ ले हरायो ।

त्यसमा सिटीका लागि केभिन डे ब्रुन र फिल फोडेनले गोल गरे । डर्टमुन्डका तर्फबाट मार्को रुनेसले गोल फर्काए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय