मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एउटै विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि
भर्खरै

एउटै विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो ।

उहाँले दुई जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका छ जना विद्यार्थीको पनि स्वाब परीक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय