मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनले उपलब्ध गराएको कोरोनाविरूद्धको भ्याक्सीन ‘भेरोसेल’ आजबाट लगाइने
भर्खरै

चीनले उपलब्ध गराएको कोरोनाविरूद्धको भ्याक्सीन ‘भेरोसेल’ आजबाट लगाइने

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरूद्धकाे भ्याक्सीन आज (बुधबार)बाट लगाइने भएको छ । काठमाडौंका १४ अस्पतालमार्फत उक्त खोप लगाउने व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले यो खोप अघिल्लो चरणमा प्रथामिकतामा परेर पनि लगाउन नपाएका साथै व्यपार व्यवसायका साथै कुनैपनि कामकका लागि चीन जाने नागरिकलाई प्रथामिकता दिने सरकारले घोषणा गरेको थियो । तर त्यसको अलावा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी,

व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई पनि यो चरणको खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

काठमाडौंको अस्पतालहरु वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटीमा निशुल्क भ्याक्सीन लगाउने व्यवस्था मिलाएको छ । उक्त खोप टेकुस्थित कोल्डरुममा नआँटेपछि एयरपोर्ट भन्सारमा निर्मित कोल्डरुममा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय