बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हैजाका कारण नाइजेरियाका ५० को मृत्यु
भर्खरै

हैजाका कारण नाइजेरियाका ५० को मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

एजेन्सी । हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

 

स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो ।

रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ ।

यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको छ, केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले भन्नुभयो ।

अबुजामा आयोजित पत्रकार सम्मेलनमा उहाँले हैजाको महामारी

डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो ।

देशको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको उहाँले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय