मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा दायर
भर्खरै

घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा दायर

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोग लागेका काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो ।आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय