शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ
भर्खरै

कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

काठमाडौँ । कलकारको फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिसंग पैसा माग गरेको अभियोगमा १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

अभिनेत्री दीपाश्री निरौला, अभिनेता सरोज खनाल, गीतकार दयाराम पाण्डे लगायतका कलाकारहरूको फेसबुक ह्याक गर्ने बालक पक्राउ परेका हुन्।

फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग गर्ने पर्सा, बहुदरमाई नगरपालिकाका १४ वर्षीय बालकलाई प्रहरीले सोमबार पर्साबाट पक्राउ गरेको हो ।

प्रहरीले दीपाश्री निरौला, सरोज खनाललगायतका कलाकारको फेसबुक ह्याक गरेको आरोपमा पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पर्साबाटै पक्राउ गरेको

हो ।

गत सोमबार साइबर ब्युरोमा सुरुमा फेसबुक ह्याक भएको भन्दै अभिनेत्री निरौला, अभिनेता सरोज खनाल, गीतकार दयाराम पाण्डे लगायतका केही कलाकारहरूले प्रहरीमा जाहेरी दिएपछि त्यही जाहेरीको आधारमा प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको हो ।

ती बालकले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुर गरेको पाइएपछि जिल्ला अदालत काठमाडौंको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको साइबर ब्युरोले जनाएको छ ।

पछिल्लो समय साइबर अपराधको क्रम बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय