बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओली संग आत्मसमपर्ण गर्ने नेपालको घोषणा
भर्खरै

ओली संग आत्मसमपर्ण गर्ने नेपालको घोषणा

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले वडा तहसम्म पार्टीको समानान्तर कमिटी बनाउने र ओलीसँग आत्मसमर्पण नगर्ने बताए । उनले सकारात्मक शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने पनि बताएका छन् ।

नेता नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिन पनि सांसदहरुलाई सुझाव दिएका छन् । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले

फर्किएको उनको भनाइ छ ।

नेता नेपालले अब छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको बताए ।आफूहरुलाई माओवादीसँग निकट रहेको भन्दै ओलीले इमोशनल ब्ल्याकमेल गरेको नेता नेपालले बताए । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने पनि स्पष्ट पारे ।

यसैबीच नेकपा एमालेको नेपाल खनाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।

त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् । कार्यक्रममा नेता नेपालले १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् ।

एमालेको नेपाल खनाल समूहले बागमती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ४ जना नेतालाई पार्टीबाट निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ ।जसअनुसार उक्त समूहले २०७५ जेठ २ गते अघिको कमिटीलाई क्रियाशील बनाइरहेको दाबी गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय