शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बोलेरो दुर्घटना हुँदा तीनको मृत्यु
भर्खरै

बोलेरो दुर्घटना हुँदा तीनको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

 ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटना दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार (आज) मानेभञ्ज्याङ्ग गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको हो ।
 

उक्त दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुन बाँकी रहेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उक्त दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्, भने सोही गाडीमा सवार मानेभञ्ज्याङ्ग–४ केतुके धुसेनीका डोल कुमारी मगर, टुल्कीमाया मगर र बिना मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते चालक थापालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । त्यस्तै, अन्य तीन जनाको उद्दार भइरहेको प्रहरीले जनाएको छ ।

आज विहान ९ बजेतिर उक्त गाडी दुर्घटना भएको भएता पनि दिउँसो १२ बजे मात्र खबर पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी सडकबाट करिब ७ सय मिटर तल झरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय