आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारत सरकारको ८ करोड ९२ लाख सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन
भर्खरै

भारत सरकारको ८ करोड ९२ लाख सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

दाङको लमही बजारमा निर्मित राप्ती शित भण्डार र नेपालगञ्जमा हालै स्तरोन्नत गरिएको फत्तेबाल आँखा अस्पतालको उद्घाटन गरिएको छ । यी दुवै परियोजना भारत सरकारको ८ करोड ९२ लाख अनुदान सहयोगमा निर्माण गरिएका हुन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले फत्तेबाल आँखा अस्पतालका अध्यक्षका साथ चैत्र २२ मा र राप्ती शित भण्डारको त्यहाँका मेयर तथा नगरपालिकाका अन्य अधिकारीका साथ चैत्र २३ का दिन संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उल्लिखित दुवै परियोजना नेपाल-भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च

प्रभाव सामुदायिक विकास परियोजनको रूपमा सम्पन्न गरिएको हो । भारत सरकारको ४ करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ भने भारत सरकारको ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख लागतमा ३२०० एमटी क्षमताको शित भण्डारको निर्माण गरिएको बताइएको छ ।

नेपालका ५२ जिल्लामा ४०० वटा निदान एवम् उपचार (Diagnostic Screening & Treatment-DST) तथा मोतीबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ‘टीटी’ तथा ग्रामीण भेगका विद्यालयहरूमा आँखा शिविर सञ्चालन गर्नका लागि भारत सरकारले नेपाल नेत्रज्योति संघलाई हालसम्म भारु २०.९९ करोड (करिव ३३ करोड ६० लाख) अनुदान सहयोग उपलब्ध गराइसकेको छ । त्यस्तै, भारत सरकारले नेपाल नेत्रज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरुप प्रदान गर्नुका साथै विद्यालयहरूमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आई केयर भ्यान पनि उपलब्ध गराएको छ ।

बताइएअनुसार राप्ती शित भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने छ । यस नवनिर्मित शित भण्डारले कृषि उत्पादनको बजार मूल्यलाई कायम राखि त्यस क्षेत्रका साना तथा मझौला कृषकको आय स्तरलाई बढाउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच कायम भएको सहमतिअनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रूपमा अघि बढाइएको सरोकार पक्षको भनाइ छ । नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरू, जस्तै- शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाई, सार्वजनिक सुविधा र नेपालका दुर्गम तथा विपन्न क्षेत्रहरूमा कनेक्टिभिटी, जस्तै- पुल, क्षमता निर्माण र व्यवसायिक प्रशिक्षण, स्वास्थ्य शिविर जस्ता क्षेत्रहरूमा पूर्वाधार निर्माण गर्नका लागि प्रस्ताव गरिने कुनै पनि परियोजना जसको लागत ५ करोडभन्दा कम छ त्यस्ता परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ भनिन्छ । यी परियोजनालाई नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत लिइन्छ । परियोजना क्षेत्रका मानिसहरूलाई सहयोग गर्न र लाभान्वित तुल्याउन यी परियोजनाहरू स्थानीय सरकारमार्फत कार्यान्वयन गरिएका छन् ।

भारत सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई निकै महत्व दिएका छन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका दश जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण भइरहेका छन् । कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ भने स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई भारतले ८ सय २३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको बताइएको छ ।

यस्तै, कृषि पनि प्राथमिकतामा रहेको क्षेत्र हो । नेपालमा आवश्यक पूर्वाधार सिर्जना गर्ननिम्ति भारत सरकार र नेपाल सरकार एकआपसमा मिलेर काम गरिरहेका छन् । माथि उल्लिखित परियोजनाका अलावा भारतीय राजदूतावासका नियोग उपप्रमुखले नेपाल-भारत विकास सहकार्यअन्तर्गत ३ करोड ५० लाख लागतमा निर्माण भएको ललितपुर जिल्ला सहकारी संघको नवनिर्मित भवनको गत फाल्गुन २६ गते उद्घाटन गरेका छन् । किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी बजारीकरण क्षमता बढाउन सहकारी प्रवर्द्धन केन्द्रले काम गरिरहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणका लागि यस भवनले सूचना केन्द्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

गत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमा आवद्ध कृषिक्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको National Capital Region को शीर्षस्थ भारतीय कृषि केन्द्रहरूमा प्रशिक्षण दिइसकेको छ ।

यी परियोजनामार्फत प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतले सहयोग पुर्‍याइरहेको छ । भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न गरिसकेको छ जसमध्ये दाङका ६ सहित ४१ वटा परियोजनाहरू प्रदेश नं ५ मा रहेका छन् । पूर्व-पश्चिम राजमार्ग तथा भारत-नेपाल सीमालाई जोड्ने लमहीदेखि कोइलाबाससम्मको करिब ३३.५ किलोमिटर लम्बाइ रहेको सडक निर्माणका लागि भारत सरकारले ६९ करोड ८० लाख आर्थिक सहयोग प्रदान गरेको छ । लमही र कोइलाबाससहितका नौवटा वडाका सात गाउँलाई सो कालोपत्रे सडकखण्डले जोड्दछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय