शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • झा अहिराजले गरे ३२ औं पटक रक्तदान
भर्खरै

झा अहिराजले गरे ३२ औं पटक रक्तदान

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गर्नुभएको छ ।

“रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु” प्रमुख झाले रक्तदान पश्चात बताउनुभयो ।

 

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्दशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

रक्तदान गर्नुभएकोमा धन्यवाद पत्र दिनुहुँदै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा नेपालको रक्तसञ्चार सेवाको

अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि बढाइएको बताउनुभयो ।

प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो र समुदाय केन्द्रीत चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव दिनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय