मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
भर्खरै

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गए राति करिब साढे १२ बजे लु २ च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय