काठमाडौं । नयां वर्षको अवसरमा चन्द्रागिरि नगरपालिकामा किसिपिडी सांस्कृतिक तथा धिमे प्रर्दशन कार्यक्रम २०७७ आयोजना हुने भएको छ । किसिपिडी युथ क्लबको आयोजनामा चौथों पटक कार्यक्रम गर्न लागिएको हो ।
नयां वर्षको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षणका लागि कार्यक्रम गरिँदै आएको क्बलका अध्यक्ष प्रविण महर्जनले जानकारी दिए । कार्यक्रममा विभिन्न कलाकारहरुलाई सम्मान गरिने र उनीहरुको प्रस्तुति समेत रहने छ। कार्यक्रममा उपस्थितिका लागि सबैमा क्लबले आर्दिक अपिल गरेको हो ।
कार्यक्रम यही चैत २८ गते बिहान ९ बजे चन्द्रागिरि नगरपालिका वडा
नम्बर ५ स्थित लाछी टोल, किसिपिडीमा आयोजना गरिएको छ ।