शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लियो
भर्खरै

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लियो

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

काठमाडौँ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

२९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ । यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ ।

बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले ९०औँ मिनेमा गरेको गोल नै निर्णायक भयो ।

पराजित भालाडोलिड २७ अंकसहित १६औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय