काठमाडौँ । नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा भन्दा बढी कैदीहरू फरार भएका छन् ।
दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादीले १८ सय ४५ जना कैदीलाई भगाएको बीबीसीले जनाएको छ ।
सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए ।
आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेको जनाइएको छ ।
हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको र ३५ जनाले भने भाग्न अस्वीकार गरेको समाचारमा
उल्लेख छ ।