शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भलिबल प्रतियोगिता सम्पन्न
भर्खरै

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भलिबल प्रतियोगिता सम्पन्न

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

सञ्जु श्रेष्ठ, धादिङ । स्वास्थको लागि खेलकुद ,रास्ट्रको लागि खेलकुद ,सबैको लागि खेलकुद ,नाराको साथ त्रिपुरासुन्दरी गाउपालिका माध्यमिक विद्यालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता आईतवार सप्पन्न भएको छ । त्रिपुरासुन्दर गाँउपालिका आयोजक र सल्यानटार माध्यामिक विद्यालय सल्यानटारको व्यवस्थापनमा आयोजित सो कार्यक्रममा त्रिपुरासुन्दरी गा पा को १० माध्यमिक विद्यालयहरु सहभागी थिए ।

गाँउपालिकाको वार्षिक कार्यक्रम अनुसार सो रनिङ शिल्ड कार्यक्रम गर्नुपर्ने भएता पनि कोरोनाको जोखिमका कारण यस वर्ष भलिबल प्रतियोगिता मात्र

राखिएको आयोजकको भनाइ छ । यसपटक आयोजित भलिबल प्रतियोगितामा छात्रा तर्फ रानी पौवा माध्यामिक विद्यालय प्रथम, चुलिदेवी माध्यामिक विद्यालय दृतीय र सल्यानटार माध्यामिक विद्यालय ले तृतीय स्थान हासिल गरेका छन ।

त्यस्तै छात्र तर्फ भएको भलिवल प्रतियोगितामा सल्यानटार माध्यामिक विद्यालय प्रथम रानी पौवा माध्यामिक विद्यालय दृतीय तथा सल्यानकोट माध्यामिक विद्यालय सुनपोखरीले तृतीय स्थान हासिल गरेका छन ।

त्रिपुरासुन्दरी गाँउपालिका को अध्यक्ष शम्भु कुमार थापाको अध्यक्षतामा संचालित कार्यक्रमका बिजेता खेलाडीहरुलाइ मेडल तथा पदकले सम्मान गरिएको छ ।रानीपौवा माध्यामिक विद्यालय तथा सल्यानटार माध्यामिक विद्यालयले विजेता खेलाडीहरुको सम्मान मा बाजा गाजा सहित सम्मान गरेका थिए । प्रतियोगिता चैत २० गते देखि सुरु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय