• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
मङ्लबार, बैशाख २८, २०७८ | Tuesday 11th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपति विद्यादेवि भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी
भर्खरै

राष्ट्रपति विद्यादेवि भण्डारीको बंगलादेश भ्रमणबारे संसदलाई जानकारी

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021
yoho2

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीको बंगलादेश भ्रमणबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराएका छन् ।

आज बसेको संसद बैठकमा विषेश समय लिएर मन्त्री ज्ञवालीले बंगलादेशी राष्ट्रपतिको निम्तोमा राष्ट्रपति भण्डारी बंगलादेश गएको र भ्रमणका क्रममा विभिन्न सम्झौता भएको जानकारी दिए ।

उनले राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप सुमधुर भएको बताए । उनले भने,‘सम्माननीय राष्ट्रपतिको बंगलादेश भ्रमणले मुलतः दुई देशको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

महाकाली नदीको किनारामा भारतले बनाएको पर्खालको अध्ययन गर्न नेपाल र भारत सहमत बनेको

Real Shoes 1

समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।उनले भने,‘आगमी अप्रिल १२ तारिख अर्थात् आजको एकसातामा नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने र ठिक ढंगले बनेको छ कि छैन भनेर अध्ययन गर्नेछ र तथ्या प्रमाण् अघि सार्नेछ ।’

मन्त्री ज्ञवालीले नेपालको सीमा सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

अर्को प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले म्यानमारमा भइरहेको राजनीतिक घटनाक्रमप्रति सरकार गम्भीर बताए । मन्त्री ज्ञवालीले म्यानमारमा भइरहेको घटनाक्रमका विषयमा पहिला नै सरकारले धारणा सार्वजनिक गरिसकेको भन्दै उनले भने,‘बल प्रयोगबाट धेरै नागरिकको ज्यान गएको हामीले देखिरहेका छौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् पारित गरेको जस्तै लोकतन्त्र र मावनअधकिार र विश्वशान्तिका लागि नेपाल सरकार सधै प्रतिवद्ध रहेको जानकारी गराउँछु ।’

मन्त्री ज्ञवालीले अहिलेको सरकारले विश्वासको मत लिन नपर्ने बताए ।उनले ३ वर्षअघि माओवादी केन्द्रको समर्थनमा सरकार बनेको भन्दै भने,‘यो सरकार गठन हुने बेलामा नेकपा माओवादीले समर्थन गरेको थियो । २०७४ साल फागुन २७ गते विश्वासको मत लिएको हो । नेपाली कांग्रेस अहिले पनि प्रतिपक्षमा रहेको छ । यो पत्र सदनमा राम्रोसँग रहनुपर्छ । यो सरकार कसरी उद्गम भएको हो भन्ने राम्रोसँग जानकारी लिनुपर्छ । सरकार संविधानसम्मत ढंगले चलिरहेको छ । संविधानले भनेको बाटोमा हिड्न बाञ्छनीय हुन्छ ।’

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
चीनले उपलव्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।

अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री चीनले बेइजिङमा हिजो नेपाललाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा

  • २३ मिनेट अघि
हिपत खबर
भर्खरै
श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा…

कैलालीको भजनी नगरपालिका-१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको

  • ३0 मिनेट अघि
हिपत खबर
भर्खरै
विषम परिस्थितिबीच अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौंका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाईछिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको

  • ३३ मिनेट अघि
हिपत खबर
पर्यटन
१७ जेठसम्म लम्बियो अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिवन्ध

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर

  • ४४ मिनेट अघि
हिपत खबर
भर्खरै
उपत्यकामा थपिए ३९२७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा

  • ४७ मिनेट अघि
हिपत खबर
भर्खरै
COVID-19 को यस्तो त्रासद समयमा गरिएको घिनौलो राजनीतिक मंचनले सयौ नागरिकको हत्या निश्चितः उद्धब खत्री(बद्री)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं संगठन बिभाग प्रमुख उद्धब खत्री-बद्री ले अहिले भईरहेको सत्ता जोगाउने खेललाई घीनौलो संकेत गर्दै भनेका छन ‘ नेपाली राजनीतिको यो घिनौलो मंचनले नेपाली

  • ६0 मिनेट अघि
हिपत खबर
भर्खरै
थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।  यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएयस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
घट्न थाले भारतमा कोभिड संक्रमित

२४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड-१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै

  • ४ घन्टा अघि