शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साताको दोस्रो दिन शेयर बजार नेप्से १ अकंले बढ्यो
भर्खरै

साताको दोस्रो दिन शेयर बजार नेप्से १ अकंले बढ्यो

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

काठमाडौँ । साताको दोस्रो सोमबार सेयर बजार नेप्से परिसूचक १.१३ अंकले बढेको छ ।

० दशमलव ०४ प्रतिशतले बढेर नेप्से २६५८.७४ बिन्दुमा पुगेको हो । सामान्य वृद्धि भए पनि नेप्से अहिलेसम्‍मकै उच्‍चतम् बिन्दुमा पुगेको हो ।

सुरुवाती कारोबारमा नेप्से २६८० बिन्दुको उचाइमा पुगेको थियो । तर, क्रमशस् नेप्से ओरालो लाग्यो । ओरालो लाग्‍ने क्रममा नेप्से २६४० बिन्दुसम्म पुगेको थियो । १२ बजेपछि बजार इन्डेक्स फेरि बढ्न थाल्यो । केही समयको वृद्धिपछि प्राय नेप्से स्थिर बिन्दुमा कायम रह्यो ।बैंकिङ समूहमा ११

दशमलव ७९ अंकले घटेको छ । एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । ९६ रुपैयाँले बढेको यो लघुवित्तको सेयर मूल्य प्रति कित्ता एक हजार ५७ रुपैयाँ रुपैयाँ छ ।

राधी जलविद्युतको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । वोमी लघुवित्त र सानिमा जनरल इनस्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी अंकले बढेको छ । अपर तामाकोशीको सेयर मूल्य ३४ करोड ७५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ३१ करोड ३४ लाख रुपैयाँ कारोबार पुगेको छ ।कुल सेयर कारोबार ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ छ । ७३ हजार ५९८ पटकको कारोबारमा एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय