बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वन्यजन्तुको पखेटासहित तीन पक्राउ
भर्खरै

वन्यजन्तुको पखेटासहित तीन पक्राउ

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

काठमाडौँ। संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार)सहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा.वि.स.८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला ९आखेटोपहार० एक थान बरामद गरेको छ भने आवश्यक कानूनी कारवाहीको लागि

डिभिजन वन कार्यालय, हात्तीसार, काठमाण्डौमा पठाइएको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय