मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेमा लागेर मन्त्री बनेकाआङ्बुहाङको सांसद पद खोसियो
भर्खरै

एमालेमा लागेर मन्त्री बनेकाआङ्बुहाङको सांसद पद खोसियो

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

मोरङ । एमालेमा लागेर मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सांसद टङ्क आङ्बुहाङलाई पार्टीले कारबाही गरेको छ ।

पार्टी परित्याग गर्दै प्रदेश मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय

दलले २४ घण्टे स्पष्टिकरण सोधेकोमा उनले स्पष्टीकरण बुझाएका थिएनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय