सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आगलागीबाट सप्तरीमा सात लाखको क्षति
भर्खरै

आगलागीबाट सप्तरीमा सात लाखको क्षति

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

सप्तरी । सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।

वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए ।

कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान नष्ट भएको प्रहरीले जनाएको छ ।आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले

नियन्त्रमा लिएको थियो ।

यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय