काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा म्याचेस्टरले ब्राइटनमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो ।
म्यान्चेस्टरको जितमा मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे । ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औँ मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।
जितसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६० अंक पुगेको छ । पराजित ब्राइटन ३२ अंक जोडेर १६औँ
स्थानमा छ ।