मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं शहर पुन विश्वकै प्रदुषित शहर को सूचिमा नम्बर एकमा
भर्खरै

काठमाडौं शहर पुन विश्वकै प्रदुषित शहर को सूचिमा नम्बर एकमा

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

काठमाडौँ । काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ ।

वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको सोमबार बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा म्यान्मारको यान्गोन शहर परेको छ ।एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण ९एयर क्वालिटी इन्डेक्स–एक्यूआई० ३३१ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई

राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको मापनमा बिहान ९: ४५ बजे भक्तपुरको एआईक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७ , सौराहाको ३०७ छ ।

काठमाडौंमा अहिले तुवाँले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको पछिल्लो अपडेटमा देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय