शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिगमा चेल्सीको लज्जास्पद पराजय
भर्खरै

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लज्जास्पद पराजय

  • सिधा दृष्टी आइतवार, चैत्र २२, २०७७ | April 4, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद पराजय व्यहोरेको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा सीमित चेल्सी रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग ५–२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले फराकिलो हार व्यहोरेको हो ।

खेलको २७औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

२९औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । थियागो सिल्भा दोहोरो पहिलो कार्डसहित मैदानबाट बाहिरिएका थिए ।पहिलो हाफको इन्जुरी समयमा माथ्युएस पेरेइराले गोल गर्दै वेस्ट ब्रुमलाई १–१

गोलको बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि पेरेइराले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वेस्ट ब्रुम २–१ ले अघि रह्यो ।

खेलको ६३औं मिनेटमा कलुम रोबिनसनले गोल गर्दै वेस्ट ब्रुमलाई ३-१ को अग्रता दिलाए ।

६४औं मिनेटमा एमबाए डिग्नेले गोल गरेपछि वेस्ट ब्रुम ४–१ ले अघि रह्यो । ७१औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ४–२ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्ज्युरी समयमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ५२ को जित दिलाए ।

हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक जोडेर चौथो स्थानमा रहेको छ । वेस्ट ब्रुम २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय