एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लीलसँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजी लीलसँग १–० गोलले पराजित भएको हो ।
पीएसजीको मैदानमा लीललाई जित दिलाउन जोनाथन डेभिडले २० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ९०औँ मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
यस्तै इन्जुरी समयमा लीलका थियागोले पनि दोहोरो पहेलो कार्डसहित रातो कार्डसहित रातो कार्ड पाएका थिए ।
जितसँगै लीलले लिगमा ३
अंकको अग्रता बनाएको छ ।
लीलले ३१ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।