मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फ्रान्समा तेस्रो पटक लकडाउन, कोरोना संक्रमितको उपचारकालागि बेड अभाव
भर्खरै

फ्रान्समा तेस्रो पटक लकडाउन, कोरोना संक्रमितको उपचारकालागि बेड अभाव

  • सिधा दृष्टी आइतवार, चैत्र २२, २०७७ | April 4, 2021

एजेन्सी । युरोपेली मुलुक फ्रान्समा कोरोना संक्रमित राख्न अस्पतालहरुमा बेडको अभाव भएको छ ।

संक्रमितको संख्या अस्वाभाविक तवरले बढ्दै गएपछि अस्पतालले धान्न नसक्ने अवस्था हो । संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ । साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ ।

फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको

मृत्यु भएको छ ।

योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजारभन्दा धेरै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय