काठमाडौँ । दक्षिण छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा वर्षकै सर्वाधिक बढि कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिन अहिले सम्मकै बढि ९२ हजार ९ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन्।
यसअघि अघिल्लो दिन ९शनिवार ० मात्रै भारतमा यो वर्षको दोस्रो धेरै ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
आइतवार थपिएको संख्यासंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १ सय २७ पुगेको
सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भारतमा हाल सम्म १ करोड १६ लाख २७ हजार १ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुल सक्रिय संक्रमितको संख्या ६ लाख ९२ हजार ३ सय ५० रहेको छ । यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ लाख ६४ हजार ६ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५१४ जनाको मृत्यु भएको छ ।