काठमाडौँ । वायु प्रदूषण र तुवाँलोका कारण बन्द भएका विद्यालय आज देखि पुन सञ्चालनमा आउने भएका छन् । प्रदुषण कम भएपछि देशभरका क्षैक्षिक संस्था पुन सञ्चालनमा आउन लागेका हुन् ।
देशका अधिकांश स्थानमा लागेको डढेलो र वर्षा नभएका कारण अचानक वायु प्रदूषण बढेपछि सरकारले चैत १७ गतेदेखि देशैभरिका क्षैक्षिक संस्था चार दिनसम्म बन्द गर्ने निर्णय लिएको थियो ।
वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने जोखिम बढेपछि शिक्षा मन्त्रालयले सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको थियो।
सरकारले विद्यालय बन्द
गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।
सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।