शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओलीको षडयन्त्रलाई सफल हुन दिदैंनौं – नेपाल
भर्खरै

ओलीको षडयन्त्रलाई सफल हुन दिदैंनौं – नेपाल

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

काठमाडौँ । नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी शर्मा ओली लागेको भन्दै आफूहरूले उक्त षड्यन्त्र पूरा हुन नदिने बताएका छन् ।

शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

आफूहरू ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उनले त्यो प्रवृत्तिको हार र आफूहरूको जीत सुनिश्चित रहेको बताए । उनले ओलीले नै पार्टीलाई कमजोर बनाउन तत्पर रहेको आरोप लगाए । उनले पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या

समाधानका लागि ओली उदाशिन देखिएको तर्क गरे ।
कार्यक्रममा एमाले नेता भीम रावलले पार्टी विधान मिचेर नेताहरूलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय