शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • छिट्टै नयाँ सरकार गठन हुने दाहालको दाबी
भर्खरै

छिट्टै नयाँ सरकार गठन हुने दाहालको दाबी

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021
file photo

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।

कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरे ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केही दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’

अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे

। माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिए ।

उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जनाए ।

प्रचण्डले भने, ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ । ति सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’

राजनीतिमा केपी ओली भन्दा आफू इमान्दार भएको उनले दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय