शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री ओलीको राजीनामा माग्ने काँग्रेसको निर्णय सह्रानीय : डा. भट्टराई
भर्खरै

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने काँग्रेसको निर्णय सह्रानीय : डा. भट्टराई

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

काठमाडौँ । जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेपाली कांग्रेसले गरेको निर्णय सराहनीय भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै अरु प्रतिपक्षी दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन् । ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ उनले लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’

दलले आफ्ना एजेण्डाभन्दा माथि देश, जनता र लोकतन्त्रको आवस्यकतालाई प्राथमिकता दिनुपर्ने भन्दै आजको मुख्य प्राथमिकता ओलीको विदाइ नै

भएको ठहर गरेका छन् । उनले लेखेका छन्, ‘आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है १’

कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै अगुवाइमा नयाँ सरकारका बनाउने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय