बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल – खनाल समूहको स्थायी कमिटी बैठक बस्ने, राष्ट्रिय अभियानको घोषणा हुँदै
भर्खरै

नेपाल – खनाल समूहको स्थायी कमिटी बैठक बस्ने, राष्ट्रिय अभियानको घोषणा हुँदै

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

काठमाडौं । सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र निलम्बित नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजे बस्ने र ठाउँको टुङ्गो लागिनसकेको एक स्थायी कमिटी सदस्यले बताए ।

खनाल–नेपाल समूहको बैठक शुक्रबार पनि कलङ्की उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बसेको थियो । बैठकमा राष्ट्रिय अभियानको घोषणा र तल लैजाने दस्तावेजबारे छलफल भए पनि निष्कर्ष निस्किएको थिएन । आज बस्ने बैठकले अभियानको घोषणा गर्ने र दस्तावेजलाई अन्तिमरूप दिने ती सदस्यको भनाइ छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै पार्टी एकता नै रद्द गरिदिएको थियो । अलगअलग पार्टीमा फर्किएपछि एमालेभित्र विवाद तीव्र बनेको छ । फागुन २८ गते आफूपक्षीय सदस्यहरूमात्रै राखेर पार्टी अध्यक्ष केपी ओलीले विधान संशोधन, केन्द्रीय कमिटी विस्तार गरेपछि विवाद उत्कर्षमा पुगेको छ । खनाल–नेपाल समूहले समानान्तर गतिविधिलाई तीव्रता दिएको छ । आधारभूत तहसम्म कमिटी विस्तार गर्न अभियानको घोषणा गर्न लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय