शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकामा प्रहरी अधिकारी माथि चक्कु आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु
भर्खरै

अमेरिकामा प्रहरी अधिकारी माथि चक्कु आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

एजेन्सी । अमेरिकाको वासिङटन डीसीमा चक्क आक्रमणमा परि एक जना प्रहरी अधिकारीको ज्यान गएको छ । वासिङटन डिसी स्थित यूएस क्यापिटल कम्प्लेक्स स्थित भएको घटनामा अर्का एक जना व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।
संसद भवन बाहिरको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको र लगत्तै कारका चालक नोहा ग्रिन नामले प्रहरीलाई चक्कु प्रहार गरेको अधिकारीहरुलाई उद्धत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
घटना पछि प्रहरीले चलाएको गोली लागी आक्रमणकारीको पनि मृत्यु भएको छ । घटना आतंकवादी हमलासंग

सम्बन्धित नरहेको वासिङटन डीसी स्थित महानगरी प्रहरी विभागका प्रमुखलाई उद्धत गर्दै समाचारमा जनाइएको छ ।
घटनामा ज्यान गुमाउने प्रहरी अधिकारी बिली इभान्स नाम गरेका व्यक्ति रहेको जानकारी दिइएको छ ।
गत जनवरीमा भएको संसद भवनको घातक हमलापछि सोही स्थानमा एक जनाको ज्यान जाने गरी आक्रमण भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय