सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानको अग्रता
भर्खरै

दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानको अग्रता

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021

एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै सिरिजमा एक शुन्यको अग्रता लिएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३औँ एकदिवसीय शतक हो ।इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४०

रन बनाए । शादब खान ३३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले ।

डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय