सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन थपिए ८९ हजार कोरोना संक्रमित
भर्खरै

भारतमा एकै दिन थपिए ८९ हजार कोरोना संक्रमित

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021
Coronavirus on scientific background

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या यो वर्षकै कै सबैभन्दा बढि हो ।

यसअघि शुक्रबार मात्रै भारतमा यो वर्षको दोस्रो धेरै ८१ हजार ४ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ९१ हजार १ सय २९ पुगेको छ भने १ करोड १५ लाख ६७ हजार ६० जना कोरोना

संक्रमण मुक्त भएका छन् । त्यस्तै कुल सक्रिय संक्रमितको संख्या ६ लाख ५९ हजार ९ सय २८ रहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार १४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१३ जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय